सुदूर नेपाललाई विश्वसँग जोड्दै

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

२०८३ कार्तिक १९, १२:५८ रासस

काठमाडौँ : यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ । 

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो । 

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङ्कङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन् । त्यस्तै मान केइ लेउङले पनि १२ रन नै जोडिन् । नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान ३र३ विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९।५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । 

यस्तै सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन् । 
 

कमेन्ट लोड गर्नुस