सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०८३ कार्तिक १८, ०१:२३ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ, भने चाँदीको मूल्य २० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६००  र चाँदीको मूल्य  तीन हजार ६५५ कायम भएको छ । 

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार  र चाँदीको मूल्य तीन हजार ६७५ कायम थियो ।

कमेन्ट लोड गर्नुस