सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा आज मध्यावधि निर्वाचन

२०८३ कार्तिक १७, ०९:२२ खबर संवाददाता

काठमाडौँ: अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।

यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ। निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ।

अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन्। यस निर्वाचनमा प्रतिनिधि सभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ। सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन्। त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ।
 

कमेन्ट लोड गर्नुस