सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

२०८३ कार्तिक १२, ०३:०६ रासस

काठमाडौँ : कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । 

जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस