धनगढी–१३ कैलालीगाउँकी अपेक्षा भट्टले गरिन् कपडा बैंकलाई सहयोग
२०८३ कार्तिक १२, ११:३८
धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १८ थान कपडा सहयोग गरिएको छ। धनगढी–१३ कैलाली गाउँकी अपेक्षा भट्टले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेकी हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस