धनगढीका स्वतिक ओझाले गरे कपडा बैंकलाई सहयोग
२०८३ कार्तिक १२, ११:२२
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १८ थान कपडा सहयोग गरिएको छ ।
धनगढी–५का स्वतिक ओझाले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस