भालुको आक्रमणबाट घाईते भएका डोटीका एक जना नेपालगञ्ज रेफर
भालुको आक्रमणबाट गम्भीर घाईते भएका डोटीका काले साउँदलाई बयलपाटा अस्पतालले रेफर गरेको छ। डोटीको पुर्वीचौकी गाउंपालिका वडा नम्बर ५ कांडामाण्डौँका ४६ वर्षिय काले साउंदलाई अछामको बयलपाटा अस्पतालले रेफर गरेपछि उनको उपचारमा आर्थिक अभाव देखिएको छ। नाकको हड्डिको उपचारका लागि नेपालगञ्ज लैजानु पर्ने देखिएकाले आर्थिक अभाव देखिएको भाई गणेश साउँदले बताए।
गत भदौ २८ गते शनिबार दिउंसो ३ बजेको समयमा बाख्रा चराउन जाने क्रममा बारीमा भालुले साउँदलाई आक्रमण गरेको थियो। उनको बयलपाटा अस्पताल अछाममा उपचार गरिएको थियो। बयलपाटाले रेफर गरेपछि साउँदलाई उपचारका लागि नेपालगञ्ज लगिदै छ।