सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ

२०८३ कार्तिक १०, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५७ हजार २ सय बराबरको मोटरसाइकलको चेन स्पोकेट, ब्रेक शु्, प्लाष्टिक झिल्ली लगायतका सामानसहित म १ प २०२१ नम्वरको मोटरसाइकल र यु.के. ०६ ए.एस. ३९४९ नम्बरको भारतिय मोटरसाइकलमा भीमदत्त नगरपालिका–२ बस्ने ५० वर्षीय लप्टन चौधरी, भीमदत्त नगरपालिका–११ बस्ने ४४ वर्षीय किशन दत्त जोशी र भीमदत्त नगरपालिका–१७ बस्ने ३० वर्षीय लब राज चटौत पक्राउ परेका हुन्।

तिनै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा पठाएको छ।  

यसैगरी, भीमदत्त नगरपालिका–११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख १६ हजार ३२५ बराबरको चप्पल, साडी, किराना लगायतका सामान सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस