सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

२०८३ कार्तिक १०, ०७:२२ खबर संवाददाता

डडेल्धुराः लागूऔषध मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र १ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–५ तुफानडाँडा बस्ने ३५ वर्षीय रोशन गैरे पक्राउ परेका हुन्। गैरेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस