मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु
२०८३ कार्तिक ७, १०:३०
बागमती :मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् ।
यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।
कमेन्ट लोड गर्नुस