सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

२०८३ कार्तिक १, ०५:४३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आइतबार दिउँसो अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको बा.प्र.०२-०६७ प ०६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रोकिराखेको लु.प्र.०१-०१४ प २०४२ नम्बरको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बा.प्र.०२-०६७ प ०६६४ नम्बरको मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–१ निवासी २५ वर्षीय गोकुल विष्ट र पछाडि सवार डोटीको जोरायल गाउँपालिका–३ निवासी २० वर्षीय विप्लव साउद घाइते भएका छन्। विष्टको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ भने साउदको टाउको र घाँटीमा चोट लागेको छ।

त्यस्तै, सडक छेउमा रोकिएको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–४ निवासी २८ वर्षीय हेमराज अवस्थीको टाउको र ढाडमा चोट लागेको छ।

तीनै जना घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका क्रममा पार्किङ गरी राखिएको सु.प.प्र.०१-००१ ह ७७३५ नम्बरको अटोमा समेत क्षति पुगेको छ।
दुर्घटनापछि प्रहरीले दुवै मोटरसाइकल र अटो नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस