असोज ४ गते शनिवार धनगढीका तीन स्थानमा कपडा संकलन हुने
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चौकहरुमा भोली शनिवार पनि गाडी राखिने भएको छ। धनगढीको ट्राफिक चौराह, एनएन चौक र क्याम्पस चौकमा गाडी राखिने भएको हो। बिहान ८ बजे देखि १० बजे सम्म गाडी तीन चोकमा हुनेछन। लगाउन मिल्ने लुगा–कपडाहरु कपडा बैंकबाट निःशुल्क वितरणका लागि संकलन गर्न लागिएको हो। कपडा बैंक विहान ८ देखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला रहने गरेको छ।