सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको चामामा खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ७० हजार

२०८३ असोज २९, ०४:५२ खबर संवाददाता

धनगढीः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामामा बडादसैँपछि वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। समैजी युवा क्लबको आयोजनामा तथा नवदुर्गा गाउँपालिका–५ को समन्वय र सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

क्लबका अनुसार प्रतियोगिता आगामी कार्तिक ६ गते बिहान ११ बजेदेखि चामामा सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कार्तिक ५ गतेभित्र टोली दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क पाँच हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक टोलीले फोनमार्फत समेत नाम दर्ता गराउन सक्नेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले ४५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

त्यसैगरी, तृतीय हुने दुई टोलीलाई जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत ट्रफीसहित पुरस्कारको व्यवस्था गरिएको छ।

कमेन्ट लोड गर्नुस