सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका बोइलर कुखुरासहित अन्य सामान बरामद

२०८३ असोज २६, ०९:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका बोइलर कुखुरासहित अन्य सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख १४ हजार २२० बराबरको पेय पदार्थ, गुड, दाल, विभिन्न किसिमका कपडा, बोइलर कुखुरा लगायतका सामान बरामद गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस