सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ

२०८३ असोज २६, ०८:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ कलुवापुर स्थित सोही ठाउँ बस्ने ४० वर्षीय भोजबहादुर ऐरले सञ्चालन गरेको रोड साईड रेष्टुरेन्टमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा भोज बहादुर ऐरसहित ५ जनालाई पक्राउ गरेको हो। आइतबार दिउँसो इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ३० हजार ४० चालिस र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस