सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित भारतीय युट्युबर ध्रुव राठी पक्राउ

२०८३ असोज २४, ११:५८ खबर संवाददाता

काठमाडौंः चर्चित भारतीय युट्युबर ध्रुव राठीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

‘ककरोच जनता पार्टी’को प्रदर्शनका बेला उनलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको हो।
यसअघि शुक्रबार साँझ राठीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी दिल्लीस्थित इन्डिया गेटअगाडि घुमिरहेको देखिएका थिए।

भिडियोमा राठीले आफू दिल्ली आइपुगेको जानकारी दिँदै प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल र बस सेवा रद्द गरिएको दाबी गरेका थिए।
प्रदर्शनका कारण दिल्लीलाई लकडाउनजस्तै अवस्थामा पु¥याइएको उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस