सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा भूपेश्वरी ऐर चुनावी मैदानमा

२०८३ असोज २१, ०९:२९ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट युवा महिला नेतृ भूपेश्वरी ऐर (भूपी) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन्।

३५ वर्षमुनिको युवा महिला क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्यसहित ऐरले आफ्नो उम्मेदवारी दिएकी हुन्।

पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको अनुभव बोकेकी ऐर २०८१ चैतमा भएको स्ववियु निर्वाचनमा ७३० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएकी थिइन् ।

उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) की आधिकारिक उम्मेदवार पूर्णिमाया परियारलाई पराजित गरेकी थिइन्।

कमेन्ट लोड गर्नुस