सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२०८३ असोज २१, ०१:४५ रासस

काठमाडौ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।

आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

बिहान १०ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी ११ः३० बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर, यसबीच अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्दसत्र प्रभावित भएको हो । 
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यही असोज १८ गते खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भई अहिले सोही स्थानमा बन्दसत्र जारी छ ।

आमसञ्चारकर्मीलाई समेत प्रवेश दिइने आजको बन्दसत्रमा उल्लिखित चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गर्ने तयारी रहेको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको  प्रवक्ता चालिसेले बताए । उनका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो ।

प्रवक्ता चालिसेले बन्द सत्रको ‘लाइभ’ कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गरिने भएको जानकारी दिए । साथै अन्य मिडियाहरूले समेत बन्दसत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउनेछन् ।
सभापति थापाले सम्बोधन गर्नुहने
बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ ।

महाधिवेशनअन्तर्गतका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ । बन्दसत्रबाट राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस