सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ

AI image
AI image
२०८३ असोज २१, १०:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको वनदेवी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १३ लाख तिन हजार ६ सय बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्वरको महेन्द्रा पिकअप जिपसहित चालक बेलौरी नगरपालिका–४ रिछा बस्ने वर्ष ३८ को कुशल चौधरी र सवारी धनी बेलौरी नगरपालिका–६ हात्तीबोझा ४२ वर्षीय श्याम सिह रावत पक्राउ परेका हुन्।

यी दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा फेला पारी नियन्त्रणमा लिएको छ।   

यसैगरी, जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ८० हजार बराबरको विभिन्न किसिमका आयुर्बेदिक औषधी लगायतका सामान बरामद गरिएको छ। मंगलबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस