हेल्प फर ह्याप्पीनेसका सदस्य बुर्लाकोटीले दृष्टि फाउण्डेसनमा जन्मदिन मनाए
सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेस ग्रुपको आपतकालिन असहाय कोषका सदस्य उज्ज्वल बुर्लाकोटीले धनगढीको दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएका छन्। ग्रुपका समेत सदस्य रहेका बुर्लाकोटीले जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनले आश्रय दिएका असहाय एवं मनोरोगीहरुको सहयोगार्थ खाद्यान्न लगायतका समाग्री हस्तान्तरण गर्दै बुर्लाकोटीले आफ्नो जन्म दिन मनाएका हुन्।
बुर्लाकोटीले फाउण्डेसनमा आश्रीतहरुका लागि चामल, दाल, तेल, नुन, मसलाहरु, कोलकेट, ब्रस लगायतका समाग्री हस्तान्तरण गरे भने २१ सय नगद राशि समेत फाउण्डेसनकी सञ्चालक कल्पना भट्टलाई प्रदान गरेका हुन्। जन्मोत्सव कार्यक्रमा हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्यम भण्डारी, बुर्लाकोटीकी आमा शिवकुमारी बुर्लाकोटी लगायतका ग्रुपमा आवद्ध अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै बुर्लाकोटीकी आमा शिवकुमारीले छोराको जन्मदिनको अवसरमा असहायहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताईन् भने अगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन्। यस्तै हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक भण्डारीले सामाजिक कार्यका लागि नै ग्रुप सञ्चालन गरिएको बताए।
उनले आपतमा परेका व्यक्तिलाई सहयोग गर्नु ग्रुपको मुख्य उद्देश्य भएकाले सबैबाट सहयोगको अपेक्षा गरेको जनाए। यस्तै दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले जन्म दिनको अवसर पारेर असहायहरुका लागि खाद्यान्न लगायतका समाग्री सहयोग गरेको धन्यवाद दिदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्।