अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु
अछामः अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा खसेर खसेर ५० वर्षीय कृतसिंह घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मगर बिहीबार राति सरिया बोकेर गइरहेको ट्याक्टरको ट्रलीबाट खसेका थिए ।
भवानीदेवी माध्यमिक विद्यालयका लागि सरिया लोड गरी कर्णाली ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला ट्रलीबाट खसेका घर्तीमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।