सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८३ असोज १६, ०९:४९ खबर संवाददाता

कैलाली: कैलालीमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–४ खल्लाबाट बिहीबार बिहान इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो। उक्त पदार्थसहित सोही ठाउँका २८ वर्षीय भरत डम्बर पालसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

त्यस्तै, लम्कीचुहा नगरपालिका–४ कै १९ वर्षीय ‘सेरे’ भन्ने सुरेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो उनको घर खानतलासी गर्दा १ सय ६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनामा बरामद पदार्थ लागूऔषध भए/नभएको परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस