सुदूरपश्चिम प्रदेशका ४५६ वडामा देउवा समूहले सक्यो अधिवेशन
धनगढी: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आज विभिन्न वडामा अधिवेशन गरेको छ ।
देउवा समूहका केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले दिएको जानकारीअनुसार देशभर तीन हजार १९१ वडामा सम्पन्न भएको छ ।
कोशी प्रदेशका ५७७, मधेश प्रदेशका ४०२, बागमती प्रदेशका ५६२, गण्डकी प्रदेशका ३८६, लुम्बिनी प्रदेशका ५५०, कर्णाली प्रदेशका २५७ र सुदूरपश्चिम प्रदेशका ४५६ वडामा अधिवेशन सम्पन्न भएको पोखरेलले जानकारी दिए ।