सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ असोज १३, ०९:४८ खबर संवाददाता

धनगढी: कैलालीमा चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय राजकुमार कठायतलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले कठायतलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस