सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट १५ वर्षीय किशोर बेपत्ता, खोजीका लागि परिवारको आग्रह

२०८३ असोज १२, १२:०२ खबर संवाददाता


धनगढीः कैलालीको धनगढीबाट एक १५ वर्षीय किशोर बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुरका चन्द्र ऐरी आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार ऐरी आइतबार साँझ करिब साढे ७ बजे घरबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आएका छैनन्।

ऐरी धनगढीस्थित ऐश्वर्या विद्या निकेतनमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

घरबाट निस्किएपछि लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गरिरहेको जनाएको छ। परिवारले किशोरको अवस्थाबारे जानकारी पाउने जोकोहीलाई नजिकको प्रहरी चौकी वा परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरेको छ।

किशोरको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस