बैतडीका ९० बर्षिय जयबल्लभ भट्टकाे कृति 'पुर्खाका पाइला' लाेकार्पण
बैतडीः बैतडीकाे पाटन नगरपालिका-७ का ९० बर्षिय जयबल्लभ भट्टकाे संस्मरणात्मक काव्य 'पुर्खाका पाइला' लाेकार्पण गरिएकाे छ।
पुर्व प्रधानमन्त्री झलनाथ खनालले काठमांडाैमा आयाेजित एक कार्यक्रममा उक्त पुस्तककाे लाेकार्पण गरेका हुन्। पुस्तककाे लाेकार्पण गर्दै खनालले पुर्वीय संस्कृति र संस्कारका कुराहरु पुस्तकमा समेटिएकाे बताए। उनले बैतडीकाे किम्ताेली क्षेत्रकाे सभ्यतालाइ कवितामा उतारिएकाे र याे प्रेरणादायी कृतिकाे रुपमा प्रकासन भएकाे दाबी गरे।
पुस्तकमा जेष्ठ नागरिक भट्टले पाँच दसक लामाे शिक्षण अनुभव सहित स्थानीय भट्ट जातीकाे ऐतिहासिक कुराहरुलाइ समेटेका छन्। पुस्तकबारे पुर्व प्रधानमन्त्री लाेकेन्द्र बहादुर चन्दले भनेका छन् "कतिपय ईतिहास राजदरवारका दस्तावेजमा लेखिन्छन्, कतिपय युद्धका मैदानमा लेखन्छन् तर गाउँकाे ईतिहास भने मानिसकाे सम्झनामा लेखिएकाे हुन्छ। जुन भट्टले खाेज्दै, सुन्दै, सम्झिदै पुस्तकमा उतारेका छन्।"
काव्यात्मक शैलीमा लेखिएकाे कृतिले स्थानीय जनश्रुतीमा आधारित इतिहाँसका तथ्यहरुलाइ उजागर गरेकाे र नयाँ पुस्ताका लागि समेत उपयाेगी हुने विज्ञहरुले टिप्पणी गरेका छन्।
'पुस्तकमा उल्लेखित ऐतिहाँसिक कुराहरुले सुदूरपश्चिम र कुमाउ क्षेत्रकाे इतिहाससँग मेल खाएकाे छ' पुस्तकबारे समीक्षा गर्दै सर्जक तथा उप-प्राध्यापक भुवन निस्तेज भन्छन् 'पुर्खाले सुनाएका कुराहरु पुस्तकमा लिपिवद्ध गरिनु सकारात्मक कदम हाे।'
निस्तेजका अनुसार तत्कालिन मुगल शासकहरुकाे आक्रमण बिरुद्ध मध्यकालिन डाेटिका राजा हरि शाही र कल्याण चन्द मिलेर गरिएकाे प्रतिकारका युद्ध प्रशङ्गहरु पुस्तकमा समेटिएका छन्।