कञ्चनपुर नालामा डुबेर एक पुरुषको मृत्यु
कञ्चनपुर– कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका हुन् ।
केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए ।
खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।