सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छली ल्याइएका ३ लाखभन्दा बढीका सामान बरामद

२०८३ असोज ९, ०९:५३ खबर संवाददाता

धनगढी: कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ३ लाख ६ हजार ८ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–७, करुवाघाटबाट बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएको करिब १ लाख ३० हजार रुपैयाँ बराबरको फुटबल जुत्ता फेला पारेको हो। भारतबाट भन्सार छली गरी ल्याइएको उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब १ लाख ७६ हजार ८ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद सामानमा पेय पदार्थ, चिनी, बिडी, सुर्ती, नमकिन, चकलेट, पटका लगायतका वस्तु रहेका छन्। ती सामान पनि बेवारिसे अवस्थामा फेला परेका थिए।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस