सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सर पीडित रनकला देवीलाई फोटो व्यवसायी धिरेन्द्र बोहराले गरे एक दिनको कमाइ सहयोग

२०८३ असोज ८, ०४:३५ खबर संवाददाता

बझाङ: बझाङका धिरेन्द्र बोहराले क्यान्सर पीडित रनकला देवी बोहराको उपचारका लागि आफ्नो एक दिनको आम्दानीबापत रु. २,००० सहयोग गरेका छन्।

मास्टर डिग्री अध्ययनसँगै बझाङको पानकोट पुलमा फोटो व्यवसाय सञ्चालन गर्दै आएका बोहराले आफ्नो व्यवसायबाट भएको एक दिनको रु. २,००० आम्दानी उपचाररत रनकला देवी बोहरालाई सहयोग गरेका हुन्।

आर्थिक अवस्था कमजोर रहेको परिवारमा उपचारका लागि रकम आवश्यक परिरहेका बेला बोहराले व्यक्तिगत आम्दानीबाट उक्त रकम सहयोग गरेका हुन्।

बोहराले अन्य आफन्त, शुभचिन्तक तथा सहयोगीलाई पनि आफ्नो क्षमताअनुसार रनकला देवी बोहराको उपचारमा सहयोग गर्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस