कर्णालीको कटान रोक्न टीकापुरवासी मैदानमा
धनगढी : कर्णाली नदीमा सम्भावित बाढी र कटानबाट बस्ती तथा खेतीयोग्य जमिन जोगाउन टीकापुर नगरपालिका वडा नं. ८ स्थित पुदाल टोल नजिक अस्थायी तटबन्ध निर्माण सुरु गरे ।
कर्णाली नदीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै वडा नं. ७ र ८ का स्थानीय बासिन्दा, सुरक्षा निकाय, टीकापुर नगरपालिका तथा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहकार्यमा तटबन्ध निर्माणको काम अघि बढाए ।
सम्भावित बाढीबाट हुन सक्ने क्षति रोक्न स्थानीय बासिन्दा जनश्रमदानमार्फत नदी किनारमा खटिएका छन्। जोखिमयुक्त क्षेत्रमा तत्काल रोकथामका उपाय अपनाउँदै नदी कटान नियन्त्रण गर्ने उद्देश्यले अस्थायी तटबन्ध निर्माणलाई तीव्रता दिए ।
तटबन्ध निर्माण कार्यमा स्थानीय बासिन्दासँगै सुरक्षा निकायका सुरक्षाकर्मीको समेत सक्रिय सहभागिता रहेको छ। विपद्को जोखिम न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायबीचको सहकार्यलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन ्।
यस अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टीकापुर नगर समिति अध्यक्ष इन्जिनियर रविन्द्र विष्टलगायत स्थानीय तथा अन्य कार्यकर्ताहरूको समेत सहभागिता रहेको छ ।
कर्णाली नदीको कटानबाट प्रभावित हुन सक्ने क्षेत्रको संरक्षणका लागि तत्काल अस्थायी उपाय अपनाइएको हो। स्थानीयको सक्रिय सहभागितामा भइरहेको तटबन्ध निर्माणले सम्भावित बाढी तथा नदी कटानबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरे ।
सम्भावित विपद् आउनुअघि नै समुदायस्तरबाट गरिएको यो सामूहिक पहलले ‘पूर्वतयारी नै जोखिम न्यूनीकरणको पहिलो उपाय हो’ भन्ने सन्देशसमेत दिए ।