सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरबाट भागेर भारत गइरहेका दुई किशोरी नियन्त्रणमा 

२०८३ असोज ८, १२:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका दुई जना किशोरी भागेर भारत गइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गड्डाचौकी–बनबासा सीमा क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको हो । 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ बस्ने १४ र १५ वर्षका दुई किशोरी गड्डाचौकी हुँदै भारततर्फ गइरहेका थिए । 

सो क्रममा भारतीय एसएसबीको ५७औँ बटालियनअन्तर्गत ई कम्पनी बनबासाको चेकपोस्टमा महिला सहजकर्ता टोलीले शंका लागेर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा उनीहरू घरबाट भागेर भारततर्फ जान लागेको खुलेपछि एसएसबीले दुवैलाई नेपाल फिर्ता पठाएको हो।

उनीहरूलाई बिहीबार बिहान नेपाल ल्याई सशस्त्र प्रहरी बल नेपाल गड्डाचौकीस्थित गुल्ममा बुझाइएको थियो। त्यसपछि शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीबाट खटिएकी परामर्शदाताको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस