सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, चालक फरार

२०८३ असोज २, ०८:२२ खबर संवाददाता

धनगढीः धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गएराति नम्बर नखुलेको हाइसले ठक्कर दिदा पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएकोे प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उनलाई चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनापछि हाइस र चालक फरार छन्। फरार चालक र हाइसको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस