सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा २०२६ पिएमजिओ साउथ एसिया फाइनल्स हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

२०८३ असोज १, ०१:३९ खबर संवाददाता

काठमाडौं: नेपालमा पब्जी मोबाइलको ठूलो ई-स्पोर्ट्स प्रतियोगिताका रूपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स’ आयोजना हुने भएको छ।

भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा चार दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ।

नेपालमा गेमिङ तथा ई-स्पोर्ट्सप्रति बढ्दो आकर्षणबीच आयोजना हुन लागेको प्रतियोगिताले प्रतिस्पर्धात्मक गेमिङसँगै दर्शकलाई मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने आयोजकले जनाएको छ।

दर्शकका लागि विशेष आकर्षण

प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसहितको एक्स्ट्रिम एक्सपेरियन्स जोन सञ्चालन गरिनेछ। यहाँ विभिन्न खेल, चुनौतीपूर्ण गतिविधि तथा प्रतियोगितामा सहभागी हुने अवसरसमेत उपलब्ध हुनेछ।

त्यसैगरी, दर्शकका लागि एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन समेत रहनेछ, जहाँ उनीहरूले तस्बिर तथा कन्टेन्ट बनाउन सक्नेछन्। विभिन्न प्रतिस्पर्धामा सहभागी भएर तत्कालै उपहार जित्ने अवसर पनि रहने आयोजकले जनाएको छ।

कार्यक्रम स्थलमा वाच पार्टी जोन र एक्स्ट्रिम गेमिङ च्यालेन्ज समेत सञ्चालन गरिनेछ। यसले प्रतियोगिता हेर्न आउने दर्शकलाई खेलसँगै प्रत्यक्ष रूपमा विभिन्न गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालमा ई-स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विस्तारमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ। प्रतिस्पर्धात्मक गेमिङलाई मनोरञ्जनात्मक गतिविधिसँग जोड्दै प्रतियोगिताले नेपाली गेमिङ समुदायका लागि थप उत्साहको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस