सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत् लाइन सर्ट हुँदा कञ्चनपुरकाे एक रेष्टुरेन्टमा आगलागी

२०८३ असोज १, ०९:४९ खबर संवाददाता

कञ्चनपुर: भीमदत्त नगरपालिका–४ बजारस्थित एमडी रेष्टुरेन्टमा विद्युत् लाइन सर्ट हुँदा बुधबार दिउँसो आगलागी भएको छ।

स्थानीय मोहन विष्टले सञ्चालन गर्दै आएको रेष्टुरेन्टको दोस्रो तलामा विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट रेष्टुरेन्टमा रहेका विभिन्न सामान तथा धनमाल जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

कमेन्ट लोड गर्नुस