सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको राजधानी अत्तरियाबाट किशोरी वेपत्ता

२०७६ भदौ ३०, ०१:१८ खबर संवाददाता

सुदूरपश्चिमको स्थायी राजधानी घोषित कैलालीको अत्तरियाबाट एक किशोरी वेपत्ता भएकी छन्। डडेल्धुराको पर्शुराम नगरपालिकाको परिगाउँ घर भएर गोदावरी नगरपालिका वडा नम्बर १ बिजयनगरमा बस्दै आएकी १३ वर्षीया किशोरी जानकी नाथ आईतबार वेपत्ता भएकी हुन्।

गोदावरी नगरपालिका २ मा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै आएकी नाथ आईताबार बिहान ६ बजे घरबाट अत्तरियाको वनखेतमा दुध पु¥याउन भएका बेला वेपत्ता भएको उनकी काकी जयन्ती नाथले बताईन् नाथ वेपत्ता भएपछि खोजी गर्दा समेत नभेटिएको उनले बताईन्।

वेपत्ता छोरीको खोजीका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन समेत दर्ता गरिएको छ। तर अहिले सम्म पत्ता नलागेको प्रहरीले जनाएको छ। मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टले किशोरीको खोजी भईरहेको जानकारी दिए। नाथ अत्तरियामा काकाको घरमा बसेर अध्ययन गर्दै आएकी थिईन्। 

कमेन्ट लोड गर्नुस