सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाई तार्ने क्रममा महाकाली नदीमा बगेर ५० वर्षीय पुरुष बेपत्ता

२०८३ भदौ २९, ०२:१०

कञ्चनपुर: कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाई सोमबार बिहान नदीमा बगेपछि बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीको तीव्र बहावमा बगेका थिए।

घटनालगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रहरी तथा सुरक्षाकर्मीले महाकाली नदी आसपासका क्षेत्रमा दमाईको खोजी गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस