सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हिरोइनसहित युवक पक्राउ

२०८३ भदौ २८, ०९:०९ खबर संवाददाता

कैलाली: कैलालीको टीकापुर नगरपालिका–९, खक्रौलाबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार बेलुकी प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय आशिष कुमार महतोको साथबाट उक्त पदार्थ फेला पारेको हो।

प्रहरीका अनुसार महतोको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस