कैलालीमा भन्सार छली ल्याइएका १ लाख ७६ हजार बढीका सामान बरामद
कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैध रूपमा ल्याइएका करिब १ लाख ७६ हजार ७१० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका बिडी, सुर्ती, गुट्खा, हुक, रबर, बेकरीलगायतका सामान फेला पारेको हो।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।