कञ्चनपुरमा भन्सार छली ल्याइएका १ लाख बढीका सामान बरामद
कञ्चनपुर: कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी अवैध रूपमा ल्याइएका १ लाख ७ हजार ८ सय ३५ रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, किराना लगायतका सामान फेला पारेको हो।
प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।