सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८३ भदौ २७, १०:०१ खबर संवाददाता

कैलाली: कैलाली प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१५ कनरीबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६८० मिलिग्राम सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ का २९ वर्षीय सुनिल राना र ३२ वर्षीय प्रकाश राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीसमेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ से ४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम सहित अछामको साँफेबगर नगरपालिका–७ का २० वर्षीय अभिजन भाट पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति शंका लागि चेकजाँच गर्दा भाटको साथबाट उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि बरामद पदार्थको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस