सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

२०८३ भदौ २७, ०९:५७ खबर संवाददाता

अछाम: अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटस्थित तपसीझाड जंगलबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले जंगलको खोल्सामा फँलाटको रुखमुनि लुकाइछिपाई राखिएको अवस्थामा नाल–१ भएको भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार उक्त बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस