सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट खैरो हिरोइन र नियन्त्रित ट्याब्लेटसहित २ जना पक्राउ

२०८३ भदौ २५, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीबाट खैरो हिरोइन र नियन्त्रित ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–४ खल्लाबाट अवैध लागूऔषध खैरो हिरोइन ३०० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट, एविल २८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवा र २० वर्षीय पुर्णबहादुर चन्द पक्राउ परेका हुन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा  लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस