बाजुराको खप्तड छेडेदहको २० लाख बढी सहयोग
२०८३ भदौ २५, ०७:४३
बाजुराः भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि बाजुराको खप्तड छेडेदह गाउँपालिकाले २० लाख ५८ हजार ९१६ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकबाट जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक/सेवा सुविधाबाट रकम कट्टा गरी बाढी प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले बताए।
कमेन्ट लोड गर्नुस