सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीः धनगढी नगर प्याब्सनको सहयोग

२०८३ भदौ २४, ०६:१८ खबर संवाददाता

धनगढी: भोटेकोशी बाढीको कारण प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले रु २८ लाख ६१ हजार १० सहयोग गर्ने भएको छ।    

धनगढी नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालय, विद्यालय व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन भएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिनेछ।     

धनगढी नगर प्याब्सनका अध्यक्ष धु्रबबहादुर सिंहले प्राकृतिक विप्दको समयमा सहयोग गर्नु उच्च मानवीय दायित्व भएको बताए। सङ्कलित रकम प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डितमार्फत जिल्ला कार्यसमिति हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले बताए। सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो।
 

कमेन्ट लोड गर्नुस