सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

२०८३ भदौ २२, ०८:०५ खबर संवाददाता

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा, बैतडीलगायत जिल्लामा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बाजुराका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षति तथा उत्पन्न जोखिमबारे उनले बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासँग टेलिफोनमार्फत जानकारी लिई आवश्यक तयारीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। 
त्यसक्रममा मुख्यमन्त्री भट्टले स्थानीयस्तरमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका विषयमा जानकारी लिएका थिए। यसैगरी, बैतडीका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनेलगायत समस्याबारे पनि उहाँले प्रजिअ निरौलासँग जानकारी लिएका थिए।

मुख्यमन्त्री भट्टले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने गरी भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। उनले विपद्का समयमा नागरिकको जनधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उद्धार, राहत तथा सडक सञ्चालनका लागि प्रदेश सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुनसमेत निर्देशन दिनुभएको निजी सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस