सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित ४ जना पक्राउ

२०८३ भदौ १९, ०८:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १८० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

 यसैगरी, धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलबाट ब्राउनसुगर १ ग्राम ६६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रबत चौधरी, कैलारी गाउँपालिका–५ बस्ने २० वर्षीय सुजित चौधरी र ४२ वर्षीय श्यामबहादुर चौधरी पक्राउ परेका हुन्। यी तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस