कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा
२०८३ भदौ १९, ०७:५२
धनगढीः कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४५ हजार २५० बराबरको चिनी, बिडी, सुर्ति, चियापत्ति, कुर्ति, सुटपिस लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस