सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजेट शून्यता कायमै, पुनर्लेखनको काम अझै सुरु भएन

२०८३ भदौ १८, ०५:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको नवगठित सरकारले बजेट शून्यताको अवस्थालाई अन्त्य गर्ने आफूहरूको पहिलो प्राथमिकता रहेको बताए पनि बजेट पुनर्लेखनको सुरसार भने अझै गरेको छैन । 

बजेट असफलताको जगमा गठन भएको सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटबाट राम्रा कार्यक्रम समावेश गर्दै पुनर्लेखन गरेर नयाँ बजेट ल्याउने बताउँदै आएको छ । यद्यपि बजेट पुनर्लेखनको काम भने अझै सुरु नभएको आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी उपसचिव सत्यराज जोशीले बताए। उनले भने, “बजेट पुनर्लेखनको सवालमा अहिलेसम्म केही पनि भएको छैन । जे थियो, त्यही छ ।”

नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास नभएपछि प्रदेश बजेटविहीन छ । बजेटविहीनताको अवस्था अन्त्यका लागि पुनर्लेखन गरेर फास्ट ट्र्याकबाट बजेट ल्याउने सरकारले उद्घोष गरेको छ । बजेट नहुँदा विकासका गतिविधि डेढ महिनादेखि ठप्प छन् ।  

कमेन्ट लोड गर्नुस