सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदस्य समेत नरहने गरि तरुण दलका महासचिवलाई पदबाट बर्खास्त

२०७६ भदौ २८, ०६:११ खबर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले महासचिवलाई पदबाट बर्खास्त गरेको छ। अध्यक्ष जितजंग बस्नेतले अनुशासन विपरित काम गरेको भन्दै सदस्यसमेत नरहने गरी महासचिव भुपेन्द्रजंग शाहीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘तपाईले आफ्नो पदीय मर्यादा जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नु भएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ’ अध्यक्ष बस्नेतद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

महासचिव शाहीले अध्यक्षसँगको सल्लाह विना निलम्वनमा परेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको निलम्वन फुकुवा गरेका थिए भने सप्तरीमा आफु निकटका सिताप्रसाद यादवलाई अध्यक्ष मनोनयन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस