सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा बढेको बाढी घट्दो क्रममा, शारदा ब्यारेजको रोक कायमै

२०८३ भदौ १७, ०७:४५ खबर संवाददाता

धनगढीः महाकाली नदीमा पानीकोे बहाब बढेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ।

जिल्ला प्र्र्रहरी कार्यालयकाअनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो। मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहेपनि खतराको तह मुनी नझरेका कारण बुुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार बिहान महाकालीमा पानीको सतह घटेर दुई लाख ५५ हजार २८४ क्युसेक पुगेका जानकारी दिए। उनकाअनुसार महाकालीमा पानीको सतहले एक लाख क्युसेक पार गरेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधन रोक लगाउने गरिएको छ। बहाब घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म ब्यारेज पूर्ण रुपमा खुल्नसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस